यस्तो रहनेछ शनिबारको मौसम

कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा छ। 

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलस्थित कमजोर न्यूनचापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

जसका कारण कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी स्थानको मौसम मुख्यतया सफा छ। 

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुने महाशाखाले जनाएको छ। 

यसैगरी, राति कोशी, गण्डकी र कर्णालीका पहाडी भूभागमा हल्का वर्षा हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।