असोज दोस्रो साताको बाढी र पहिरोबाट काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका थिए।
काठमाडौँ– असोज दोस्रो साता भएको अविरल वर्षाका कारण मुलुकमा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको सरकारको प्रारम्भिक अनुमान छ।
सरकारको अनुसार सबैभन्दा बढी क्षति कृषि तथा पशुपन्छी क्षेत्रमा परेको छ। कृषि तथा पशुपछीतर्फ ६ अर्ब बराबरको क्षति भएको, खानेपानीको संरचनामा ३ अर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको छ।

ऊर्जातर्फ ४ अर्ब रुपैयाँ, सिँचाइतर्फ १ अर्ब रुपैयाँको क्षति पुगेको छ। बाढीपहिरो र डुबानबाट २२६ को मृत्यु भएको थियो। १७७ जना घाइते भएका थिए। २५ जना बेपत्ता छन्।
काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बाढी प्रभावित भएका छन्।

३७ वटा राजमार्ग अवरुद्ध भएका थिए। नौवटा मात्रै सञ्चालनमा आएका छन्। २८ वटा राजमार्ग अझै अवरुद्ध छन्। सञ्चालनमा रहेका १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। यस्तै, निर्माणाधीन १८ वटा आयोजना पनि बाढी पहिरोको चपेटामा परेका छन्।
पाँचवटा प्रमुख प्रसारण टावरमा क्षति पुगेको सरकारले जनाएको छ। त्यस्तै दूरसञ्चार कम्पनी लिमिटेडका ३१२ साइटमा पनि क्षति पुगेको छ। काठमाडौँ उपत्यकाको बागमती करिडोर क्षेत्र र नख्खु खोला करिडोरमा रहेका सयौँ घरमा क्षति पुगेको छ।

ललितपुरको टिकाभैरव क्षेत्र, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक र सिन्धुली जिल्लामा पनि बाढीले उस्तै क्षति पुर्याएको छ। पीडितहरू अहिले पनि टहरा र पालमुनि छन्। सरकारबाट उचित राहत नपाएको उनीहरूको गुनासो सुनिन थालेको छ।






Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
