ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखको जित

ह्याट्रिकसँगै ह्यारी केनले बुन्डेसलिगामा सर्वाधिक छिटो ५० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। उनले ४३ खेलमा ५० गोल गरेका हुन्।

तस्वीर: एपी

काठमाडौँ– इंग्ल्यान्डका स्ट्राइकर ह्यारी केनको ह्याट्रिकमा बायर्न म्युनिखले बुन्डेसलिगामा अग्सबर्गलाई ३–० ले पराजित गरेको छ।

बायर्नको घरेलु मैदान एलियान्स एरिनामा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो। केनले ६३औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। बाँकी दुई गोल इन्जुरी समयमा गरेका थिए। 

यस ह्याट्रिकसँगै केनले बुन्डेसलिगामा सर्वाधिक छिटो ५० गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन्। केनले ५० गोल गर्ने क्रममा ४३ खेल खेलेका छन्। यसअघि यो कीर्तिमान एर्लिङ हालान्डको नाममा थियो। उनले बोरुसिया डर्टमन्डबाट ५० खेल खेल्दै ५० गोल गरेका थिए।

तालिकामा बायर्न आठ अंकको अग्रतासहित तालिकाको शीर्ष स्थानमा छ। उसको ११ खेलबाट २९ अंक छ। दोस्रो स्थानमा रहेको लाइपजिगको १० खेलबाट २१ अंक छ।