कुस्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख रुपैयाँ खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ।
पर्वत– कुस्मामा निर्मित बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क ६ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो।
कुस्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख रुपैयाँ खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ। टर्मिनल भवनका झ्यालढोका र सिसा फुटिसकेका छन्। यो स्थान शौचालयमा परिणत भएको छ।
सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले कुस्मा नगरपालिकालाई बसपार्क हस्तान्तरण गरिसकेको भए पनि सञ्चालन गर्ने नीतिको अभावमा उपयोगविहीन भएको हो। कुस्मा नगरपालिका–६ का अध्यक्ष शिव गिरीले बसपार्क तत्काल सञ्चालन गरिनुपर्ने बताए।
१२ रोपनीमा फैलिएको बसपार्कमा यात्रीकक्ष र पसल कबल, टिकट बिक्रीकक्ष, चमेनागृह, हलुका तथा भारी सवारीसाधन राख्ने संरचना छन्। बसपार्क सञ्चालनमा नआउँदा सवारी व्यवस्थापनमा पनि समस्या भएको छ।
कुस्मा बजारबाट हरेक दिन काठमाडौँ, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काकडभिट्टालगायत गन्तव्यका निम्ति सार्वजनिक यातायातका सवारीसाधन प्रस्थान गर्ने गरेका छन्। तिनले सडकमै पार्किङ गर्दा सवारी व्यवस्थापनमा समस्या भएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले बताए।
कुस्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले कार्यपालिकाको बैठकबाट बसपार्क सञ्चालनसम्बन्धी नीति बनाएर यथाशीघ्र सञ्चालन गरिने दाबी गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
