धरहरा यसअघि परीक्षणका रूपमा नि:शुल्क खुला गरिएको थियो। अब शुल्कसहित सञ्चालन गर्न लागिएको हो।
काठमाडौँ– धरहरा चढ्न स्वदेशी नागरिकलाई प्रतिव्यक्ति २०० रुपैयाँ शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउने भएका छन्।
यसअघि परीक्षणका रूपमा नि:शुल्क धरहरा खुला गरिएको थियो। अब धरहरा व्यवस्थित रूपमा शुल्कसहित सञ्चालन गर्न लागिएको हो।
विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५०० र सार्कबाहेक राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क निर्धारण गर्न शहरी विकास मन्त्रालयले मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेको थियो।
उक्त प्रस्ताव स्वीकृत भएसँगै मंसिर ९ गतेदेखि धरहरा चढ्दा उल्लेखित शुल्क लाग्ने मन्त्रालयले जनाएको छ। धरहरामा पार्किङ गर्दा चारपांग्रेलाई प्रतिघण्टा २० र दुईपांग्रेलाई १० रुपैयाँ तोकिएको छ।
यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन (व्यावसायिक बाहेक) गर्न प्रतिघण्टा ५ हजार, धरहरा परिसरमा व्यावसायिक भिडियो छायांकन गर्न प्रतिघण्टा ५ हजार र फोटोग्राफीका लागि प्रतिघण्टा १ हजार शुल्क निर्धारण गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
