नवलपरासीमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु

मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारुलाई खेतमा आलु रोपिरहेको समयमा गैँडाले आक्रमण गरेको थियो।

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गैँडाको आक्रमणबाट शनिबार एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मध्यविन्दु नगरपालिका-६, भण्डाराका ६५ वर्षीय नाथुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी साहले बताए।

खेतमा आलु रोपिरहेको समयमा थारुलाई गैँडाले आक्रमण गरेको थियो।