वर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलाबाट १० लाख रुपैयाँभन्दा बढी कमाइ हुने गरेको कृषक बताउँछन्। यहाँ उत्पादित सुन्तला काठमाडौँ, पोखरा, बेनीका व्यापारीले किनेर लैजाने गरेका छन्।
म्याग्दी– १३ वर्षअघि अंशबापत पाएको १० रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए। “बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरूले धान फल्ने खेतमा काँडा रोपेर छोराछोरी भोकै पार्ने भइस् भनेर गाली गरेका थिए,” ४४ वर्षीय केसीले भने, “त्यसबेला गाली गर्नेहरू अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दङ्ग परेका छन् ।”
२० रोपनी पाखोबारी र खेतमा ४५० बोट सुन्तला लगाएका केसीले यसपालि १० लाख रुपैयाँको सुन्तला बिक्री गरिसेका छन्। थप रु. चार लाखको सुन्तला बिक्री गर्न बाँकी रहेको बताए। हाल २५० बोट सुन्तलाले उत्पादन दिने गरेको छ।
पाँच वर्ष यूएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तला खेतीका साथै केसी मौरीपालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक २०० देखि ३०० मौरीसहितको घार बिक्री गर्छन्। सुन्तला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षासमेत पढाए। एक छोरा र छोरी निजी विद्यालयमा मावि तहमा अध्ययनरत छन्।
“विदेशबाट फर्केपछि माछा, भैँसी र बंगुर पालेँ,” उनले भने, “माछा र बंगुर मरेर ठूलो नोक्सान भयो। भैँसीबाट आम्दानी राम्रै भए पनि धेरै दुःख र झन्झट भयो। सुन्तला र मौरी व्यवसायबाट सफलता मिल्यो।” कुनै पनि काममा निरन्तरको प्रयासपछि सफलता प्राप्त हुने केसीको अनुभव छ।
मौरीसहितको प्रतिघार १० हजार रुपैयाँका दरले बिक्री हुन्छ। म्याग्दीका साथै पर्वत, बागलुङ, कास्कीलगायत जिल्लाबाट मौरीको माग आउने गरेको छ। व्यापारीले अग्रिम पैसा दिएर सुन्तला किनेर लैजाने गरेका छन्। सुन्तलाखेती र मौरीपालनबाट केसीको जीवनशैलीमा परिवर्तन आएको छ। छोराछोरी र श्रीमतीले केसीलाई कृषि फार्ममा साथ दिएका छन्।
किसान केसीको सिको गरेर सुर्केमेलाका १६ कृषकहरूले व्यावसायिक सुन्तलाखेती गरेका छन्। सुर्केमेलामा सुन्तलाखेती गर्ने पहिलो कृषक केसी हुन्। ४०० बोट सुन्तला लगाएका सुर्केमेलाका धनराज पुनले अन्नबालीको तुलनामा धेरै गुणा बढी आम्दानी भएको बताए।
वर्षमा आठ/दश मुरी धान फल्ने खेतमा लगाएको सुन्तलामा १० लाखभन्दा बढी कमाइ हुने उनले बताए। सिँचाइ सुविधा भएको सुर्केमेलाको भूगोल र हावापानी सुन्तला खेतीका लागि उपयुक्त मानिन्छ। रसिलो, स्वादिलो सुन्तला काठमाडौँ, पोखरा, बेनीका व्यापारीले किनेर लैजान्छन्। सुर्केमेलाका कृषकलाई कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कार्यालयले सघाएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
