धितोपत्र बोर्डका अनुसार इन्भेस्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरूले मात्रै खरिदबिक्री गर्न पाउने छन्।
काठमाडौँ– गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेस्टमेन्ट कम्पनीको शेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ।
धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीका अनुसार, इन्भेस्टमेन्ट कम्पनीको शेयरमा गैरआवासीय नेपालीले लगानी गर्न सक्ने र त्यस्तो शेयर दोस्रो बजारमा पनि उनीहरूले मात्रै खरिदबिक्री गर्न पाउने छन्।
बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यस प्रकारको प्रबन्ध गरेको हो।
गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन्। सोही खातामा आस्वा प्रणालीको प्रयोग गरी सरकार र गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनीको शेयरमा आवेदन दिन सक्ने प्रबन्ध गरिएको उनले जानकारी दिए।
त्यसरी बिक्री गरिने शेयरमा आवेदन दिन सकिने न्यूनतम सीमा भने एक हजार कित्ता रहेको छ। शेयर खरिद गर्न चाहने गैरआवासीय नेपाली नागरिकले आफ्नो परिचयपत्र वा स्थायी लेखा नम्बर पेश गर्नुपर्नेछ।
त्यस्तो कम्पनीको संस्थापक वा सर्वसाधारणका रूपमा लगानी गर्न सक्नेछन्। शेयरको कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्थागरेबमोजिम हुनेछ। संयुक्त लगानीको इन्भेस्टमेन्ट कम्पनीले धितोपत्र निष्कासन गर्दा शेयरको प्रत्याभूतिसम्बन्धी व्यवस्था भने लागू हुने छैन।
गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानीको अवसर उपलब्ध गराउन सरकार र बोर्डको उच्च प्राथमिकता रहेको प्रवक्ता डा अधिकारीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
