नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा देखिएको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चार महिनामा मुलुकले साढे चार खर्बभन्दा बढीको व्यापार घाटा बेहोरेका छ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको वैदेशिक व्यापारको विवरणअनुसार यस अवधिमा पाँच खर्ब १३ अर्ब ३८ करोड ८० लाख बराबरको आयात र ५२ अर्ब ६७ करोड रुपैयाँ बराबरको निर्यात भएको हो। यसरी कुल पाँच खर्ब ६६ अर्ब पाँच करोड ६७ लाखको वैदेशिक व्यापारमा चार खर्ब ६० अर्ब ७१ करोड ७३ लाख घाटा देखिएको विभागले जनाएको छ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ०.१७ र निर्यात ४.१६ प्रतिशतले बढेको छ। नेपालको सबैभन्दा ठूलो वैदेशिक व्यापार साझेदार भारतसँग मात्र चार महिनामा दुई खर्ब ८१ अर्ब ११ करोड ६६ लाख रुपैयाँ घाटा बेहोरेको छ। कात्तिक मसान्तसम्ममा भारतबाट तीन खर्ब १६ अर्ब ८८ करोड ५३ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ३५ अर्ब ७६ करोड ८७ लाख रुपैयाँ बराबरको निर्यात भएको छ।
त्यस्तै, नेपालको अर्को ठूलो वैदेशिक व्यापार हुने मुलुक चीनसँग एक खर्ब तीन अर्ब १८ करोड २५ लाख रुपैयाँको आयात र ६८ करोड २३ लाख ७७ हजार रुपैयाँको निर्यात हुँदा एक खर्ब दुई अर्ब ५० करोड रुपैयाँको व्यापार घाटा देखिएको छ।
पहिलो चौमासिकमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा धेरै देखिएको छ। कात्तिक मसान्तसम्ममा २९ अर्ब चार करोड २० लाख रुपैयाँ बराबरको डिजेल, २१ अर्ब ५६ करोड २९ लाख रुपैयाँ बराबरको पेट्रोल र १८ अर्ब ८५ करोड ९३ लाख रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ। त्यस्तै १५ अर्ब ९६ करोड ९२ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु, १३ अर्ब ४० करोड ४८ लाख रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको विभागको तथ्यांकबाट देखिन्छ।
बढी निर्यात भएका वस्तुमा भने कार्पेट पहिलो स्थानमा देखिएको छ। चार महिनामा तीन अर्ब ६० करोड आठ लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको छ। त्यस्तै सोयाबिन तेल तीन अर्ब ४१ करोड, चिया दुई अर्ब २१ करोड र अलैँची एक अर्ब ९० करोड रुपैयाँ बराबरको निर्यात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
