बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्कीले यस सिजन २ लाख १० हजार रुपैयाँ बराबरका बेर्ना बेचिसकेका छन्। नर्सरीमा अरू पनि बेर्ना हुर्किँदै छन्।
गलेश्वर– बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की सागसब्जीका बेर्ना बिक्रीमा व्यस्त छन्।
पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उनले उत्पादन गरेका प्याज, काउली, ब्रोकाउली, बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्न ग्राहक बारीमा नै आउने गर्छन्।
दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना खरिद गर्न आफ्नो नर्सरीमा आउने गरेको उनले बताए। मंसिर पहिलो सातासम्म बिरुवा बिक्री गरेर उनले २ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको बताए।
“यसपालि २ लाख १० हजार रुपैयाँ बराबरका बेर्ना बेचेँ। नर्सरीमा विभिन्न जातका बेर्ना हुर्किँदै छन्,” उनले भने। विगत ४१ वर्षदेखि सागसब्जीका बेर्ना उत्पादन गर्दै आएको उनले सुनाए। बेर्नासँगै सागसब्जी पनि लगाएका छन्। अर्ग्यानिक उत्पादन भएकाले ती खरिद गर्न बारीमा नै ग्राहक आउने गरेका छन्।
सागसब्जीका बेर्ना खरिद गर्न कार्कीको नर्सरीमा रत्नेचौर, भकुण्डे, गौश्वारा, बगरफाँट, पुलाचौरदेखि पर्वतको मल्लाज र बागलुङको कुँडुले,बान्द्रेलगायत स्थानबाट किसान आउने गरेका छन्। उनको नर्सरी दुई रोपनी जग्गामा फैलिएको छ।
“बीउ र मलमा ३० हजारदेखि ४० हजार रुपैयाँसम्म लगानी हुन्छ। एकै सिजनमा २ लाखदेखि ३ लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको छु,” कार्कीले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
