निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहेको छ।
झापा– झापाबाट प्रतिनिधिसभामा र प्रदेशसभाबाट उम्मेदवार बनेका १९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनी विजयी बनेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओेलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ८४ जनाले खर्च विवरण बुझाएका हुन्। ठूला दलबाट निर्वाचन खर्च बुझाउनेमा हालसम्म अध्यक्ष ओली मात्र रहेको निर्वाचन कार्यालयका नासु प्रेम गुरागाईंले जानकारी दिए।
उनले अध्यक्ष ओलीले प्रचार सामग्री छपाइ, यातायात, खाजा, खाना, सम्पर्क कार्यालय स्थापना लगायतको शीर्षकमा १८ लाख ८२ हजार चुनावी खर्च भएको विवरण कार्यालयमा बुझाएको बताए। निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारले आफ्नो खर्च विवरण बुझाइसक्नुपर्ने प्रावधान रहे पनि उम्मेदवारले खर्च विवरण बुझाउन विलम्ब गरिरहेको उनको भनाइ छ।
उनले नेपाल मजदुर किसान पार्टी (नेमाकिपा)का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका कृष्ण गोपाल, महेन्द्र खायामलीलगायतले भने चुनावी खर्च शून्य भएको विवरण बुझाएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
