आइतबार नेप्से परिसूचक १३ अंक घटेर २६६७ को बिन्दुमा सीमित भएको छ भने सात अर्ब ७२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
नेप्सेका अनुसार आइतबार परिसूचक अघिल्लो दिनको तुलनामा १३.०३ अंक घटेर २६६७.४० को बिन्दुमा सीमित भएको हो। आइतबार विभिन्न ३२२ कम्पनीको एक करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर ७६ हजार ४१८पटक खरिदबिक्री भयो। जसबाट सात अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँ बराबरको शेयर कारोबार भयो।
यसअघि बिहीबार विभिन्न ३१४ कम्पनीको एक करोड ८४ लाख ७४ हजार २४ कित्ता शेयर ८४ हजार ८५८ पटक खरिदबिक्री हुँदा आठ अर्ब २५ करोड ७६ लाख ४३ हजार ८८६ रुपैयाँ बराबरको कारोबार भएको थियो।
आइतबार लगानी ०.०८ र उत्पादन तथा प्रशोधनको उपसूचक ०.६८ प्रतिशतले बढ्दा अन्य समूहको उपसूचकमा गिरावट देखिएको छ। बैंकिङ ०.५४, विकास बैंक १.६३, वित्त ०.३७, होटल तथा पर्यटन ०.४९ र जलविद्युत्को उपसूचक ०.४१ प्रतिशतले घटेको छ।
त्यस्तै, जीवन बीमा ०.५५, लघुवित्त ०.९४, म्युचुअल फन्ड ०.१२, निर्जीवन बीमा ०.१७ र अन्य समूह ०.७१ प्रतिशतले घटेको छ।
यस दिनको कारोबारमा थ्री स्टार हाइड्रो पावर ९.९१, ङादी ग्रुप पावर ९.५८, १० प्रतिशत नबिल डिभेन्चर २०८२ ९.०१, जानकी फाइनान्स ८.०७ र सिभिल बैंक डिभेन्चरका लगानीकर्ताले ७.६९ प्रतिशतले कमाएका छन्।
सेन्चुरी डिभेन्चर ७.७५, माहुली लघुवित्त ६.३०, नेपाल फाइनान्स ५.३४, नारायणी विकास बैंक ५.३१ र उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले ५.०१ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर ६० करोड ८७ लाख ३६ हजार १५२ रुपैयाँ बराबरको कारोबार भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
