राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न सेना परिचालन गर्ने स्वीकृति दिएका छन्।
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन्। राष्ट्रपति पौडेलले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका हुन्।
बिहीबार मन्त्रिपरिषद्बाट निर्णय भई सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष उपनिर्वाचनमा सेना परिचालनका लागि सिफारिस गरेका थिए। स्थानीय तहको उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि सेना परिचालन गर्न प्रधानमन्त्रीबाट आएको सिफारिसबमोजिम राष्ट्रपतिले सेना परिचालनको स्वीकृति दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्। राष्ट्रपति सेनाका परमाधिपति हुने भएकाले सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति दिनुपर्ने व्यवस्था रहेको छ।
स्थानीय तहका रिक्त पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो। उम्मेदवारको मनोनयन पत्र दर्ता भइसकेको छ। जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ र १२१ स्वतन्त्र उम्मेदवार गरी कुल ४१० जनाको मनोनयन पत्र दर्ता भएको थियो। ३१ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। निर्विरोध निर्वाचितबाहेक ३७६ जना उम्मेदवारलाई निर्वाचनचिह्न प्रदान गरिसकिएको निर्वाचन आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
