युनास्थित कादुरी जलविद्युत् आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेपछि च्यापिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बाजुरा– बाजुराको हिमाली गाउँपालिकाको बिच्छ्या युनामा रूखले च्यापेर आइतबार एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा हिमाली गाउँपालिका–३ युनाका ४३ वर्षीय सुपधन बुढा रहेका छन्। उक्त घटनामा परी स्थानीय ४८ वर्षीय सिदुपुरी रोकाया र ३० वर्षीय पर्मलाल सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर बोहराले जानकारी दिए।
युनास्थित कादुरी जलविद्युत् आयोजनाको लाइन विस्तारका लागि सल्लाको रूख काट्ने क्रममा रूख ढलेपछि च्यापिएर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक बोहराले बताए।
रूखले च्यापेर घाइते भएका रोकाया र सुनारको उपचारका लागि नेपाली सेनाको हेलिकप्टरको पहल भइरहेको छ। बिच्छ्या प्रहरी चौकी र कोल्टीबाट प्रहरीको टोली घटनास्थलमा गएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
