कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

काठमाडाैँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ।

सोमबार दिउँसो कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

राति पनि यी तीनै प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि  मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र  गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।