इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ। लिभरपुललाई जित दिलाउन मोहम्मद सलाहले दुई गोल गरे।
काठमाडाैँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ।
तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले पुछारको साउथह्याम्पटनलाई उसकै घरेलु मैदानमा हराएसँगै दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग ८ अंकको अग्रता बनाएको छ।
गएराति सेन्ट मेरिज स्टेडियममा भएको खेलको ३०औँ मिनेटमा डोमिनिक जोबोस्लाईले लिभरपुललाई शुरूआती अग्रता दिलाएका थिए। ४२औँ मिनेटमा साउथह्याम्प्टनका एडम आर्मस्ट्रङले गोल गरेपछि पहिलो हाफ १/१ को बराबरीमा सकियो। दोस्रो हाफको ५६औँ मिनेटमा फेरि साउथह्याम्प्टनका फर्नान्डेले गोल गर्दै लिभरपुलसँग अग्रता बनायो। तर ६५औँ मिनेटमा मोहम्मद सलाहले खेललाई बराबरीमा पुर्याए। सलाहले नै ८३औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्दा लिभरपुल जित हात पार्न सफल रह्यो।
यस्तै, गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड र इपस्वीचले एक/एक गोलको बराबरी खेलेका छन्।
१२ खेल खेलेको लिभरपुलको ३१ अंक भएको छ। समान १२ खेल खेलेर दोस्रो स्थानमा रहेको म्यानचेस्टर सीटीको २३ अंक छ। यस्तै तेस्रो स्थानमा रहेको चेल्सीले १२ वटै खेलमा २२ अंक बनाएको छ।
१२ खेल खेलेको म्यानचेस्टर युनाईटेड चारमा जीत, चारमा बराबरी र चारमा हारसहित १६ अङ्कका साथ तालिकाको १२ औँ स्थानमा छ। १२ वटै खेलमा नौ अङ्क जोडेको इपस्वीच १८ औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
