युद्धविराममा मध्यस्थताको भूमिका निर्वाह गरेका वार्ताकारहरूले नयाँ आक्रमणले युद्धलाई रोक्नुको साटो झन् चर्काउने बताएका छन्।
इरान समर्थित हिजबुल्लाहले आइतबार इजरायलमा ३०० भन्दा धेरै मिसाइल तथा ड्रोन प्रहार गरेको छ। हिजबुल्लाहको यो हमलालाई लेबनानमा इजरायली आक्रमणको प्रतिक्रियाको रूपमा हेरिएको छ। इजरायली सेनाका अनुसार यस आक्रमणबाट ११ जना घाइते भएका छन् भने तेल अभिवमा 'गम्भीर क्षति' भएको छ।
युद्धविराममा मध्यस्थताको भूमिका निर्वाह गरेका वार्ताकारहरूले नयाँ आक्रमणले युद्धलाई रोक्नुको साटो झन् चर्काउने बताएका छन्। शनिबार इजरायली हमालाबाट लेबनानको टायर र नाकोउरा क्षेत्रमा मृत्यु हुने सिपाहीको संख्या २९ पुगेको छ। १९ सिपाही घाइते छन्। इजरायली सेनाले भने सो हमला हिजबुल्लाहको इलाकामा गरिएको बताएको छ।
सेप्टेम्बरदेखि इजरायली हवाई आक्रमणले धेरै हिजबुल्लाह कमाण्डरहरूलाई मारेको छ र मुख्य पूर्वाधारहरूलाई लक्षित गरेको छ, जसले दक्षिणी लेबनानमा व्यापक विनाश निम्त्याएको छ। द्वन्द्वले लेबनानमा ठूलो क्षति पुर्याएको छ, लेबनानको सार्वजनिक स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६७० जनाको मृत्यु, १५ हजारभन्दा धेरै घाइते र एक लाखभन्दा बढी विस्थापित भएका छन्।
यस्तै, इजरायल–हिजबुल्लाह युद्धमा हालसम्म ४० भन्दा बढी लेबनानी सैनिक मारिएका छन्। लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले आक्रमणको निन्दा गर्दै यसलाई अमेरिकी नेतृत्वको युद्धविराम प्रयासमाथिको आक्रमण भनेका छन्। उनले युद्ध अन्त्य गर्ने सबै प्रयास असफल भएको बताएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
