टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्।
म्याग्दी– टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्। सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पँहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ।
बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए। कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ।
“बजार पठाउने समयमा बोटबाट सुन्तला झर्न थालेपछि किसानहरू चिन्तित भएका छन्,” बेनी–४ वडासदस्य समेत रहेका खत्रीले भने, “बोटमा राम्रो फल लागे पनि झर्ने समस्याका कारण कृषकको आम्दानीमा असर पर्ने देखिएको छ।”
गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना संकलन गरेर परीक्षणका लागि लगेका छन्।
प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले बताए। “दानाभित्र औसा परेर सुन्तला झरेको छ”, उनले भने, “सूर्यपुतलीको शंका लागेर परीक्षण गर्न पठाएका हाैँ। प्रयोगशालाको प्रतिवेदन आएपछि समस्या पहिचान हुन्छ।”
बास्कुनाको छिमेकी बेनी –३ मरेक र मंगला गाउँपालिकाको महेशमा पनि सुन्तला झर्ने समस्या देखिएको बताएका छन्। प्राविधिकले झरेका सुन्तलाका दानालाई प्लास्टिकको थैलोमा राखेर बन्द गर्न सुझाव दिएका छन्। सूर्यपुतली नियन्त्रण गर्न बगैचामा टाइट ट्याप (पासो) थाप्न र धुवाँ बनाउन प्राविधिकले सुझाएका छन्।
दुई सय बोटको बगैँचाबाट दैनिक एक डोको झरेका सुन्तला टिपेर फाल्ने गरेको बास्कुनाका अर्का कृषक दीर्घबहादुर खत्रीले बताए। बास्कुना, सुर्केमेला र थामडाडाका ४५ घरधुरीले करिब १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरेका छन्। गत वर्ष सो ठाउँबाट ७५ लाख रुपैयाँ मूल्य बराबरको सुन्तला बिक्री भएको थियो।
धादिङबाट आएका ब्यापारीले नपिप्टै अग्रिम पैसा दिएर बगैँचा ठेक्कामा किनेका छन्। व्यापारी कान्छाराम तामाङले सुन्तलामा रङ र गुलियो पसेकाले टिपेर बजार पठाउन थालिएको बताए। जिल्लाको सुन्तला पोखरा, काठमाडाैँ, चितवन, विराटनगर र बुटवलमा पठाउने गरिएको उनको भनाइ छ।
केन्द्रका अनुसार गत वर्ष म्याग्दीमा २१ करोड मूल्य बराबरको तीन हजार ६०० मेट्रिक टन सुन्तला बिक्री भएको थियो। जिल्लामा ८१० हेक्टर क्षेत्रफलको जमिनमा सुन्तलाखेती गरिएकोमा ४२० हेक्टरमा लगाइएको सुन्तलाले उत्पादन दिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
