३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि नेपालमा पनि शुरू भएको छ।
काठमाडाैँ– ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबारदेखि नेपालमा पनि शुरू भएको छ।
महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, महिला अधिकारका लागि राष्ट्रिय अभियान (एनसीडब्लूआर), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल (एनएडब्लूएचआरडी), तरंगिनी फाउन्डेसन, एक्सनएड, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), केयर नेपाल, मुक्ति नेपाललगायत संस्थाले आजदेखि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरू गरेका हुन्।
लैंगिक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अवसरमा र्याली, बृहत भेला तथा अन्वेषी लोकापर्ण कार्यक्रमसमेत गरिएको छ। साथै माइतीघर मन्डलादेखि सिंहदरबार पश्चिम गेट, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपसम्म र्याली निकालिएको थियो।

अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानूनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे ध्यानाकर्षण गराइने छ। यस्तै, अभियानका मागहरूमा सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्नेलगायत रहेका छन्।
सरकारी तथा गैरसरकारी संस्थाहरू मिलेर १६ दिने अभियानका क्रममा महिला तथा बालिकामाथि भएको विभेद र हिंसाबारे प्रतिकात्मक नाटक प्रदर्शनी, हिंसाको विश्लेषणात्मक पुस्तक अन्वेषी सार्वजनिक र सरोकारवाला पक्षहरूसँग बृहत् भेला र देशभर गोष्ठीलगायत कार्यक्रम गर्ने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
