नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलाको एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ।
काठमाडाैँ– सरकारले भन्सार महसुल दर घटाएसँगै बजारमा सुनचाँदीको मूल्य पनि घटेको छ। सोमबार एकै दिनमा सुनको मूल्य १५ हजार ९०० रुपैयाँले घटेको हो।
भारतमा सुनको भन्सार महसुल थोरै रहेका कारण नेपालमा चोरी तस्करी बढ्ने आशंकाबीच आइतबार सरकारले भन्सार महसुल दर घटाइएको थियो। सरकारले सुनको भन्सार महसुल दर २० प्रतिशतबाट १० प्रतिशत तथा चाँदीको १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलाको एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि कात्तिक १५ गते एक लाख ७१ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ पछि कात्तिक अन्तिममा पुग्दा घटेर एक लाख ६० हजार रुपैयाँसम्म झरेको थियो।
आज चाँदीको भाउ पनि तोलामा ११५ रुपैयाँले घटेर एक हजार ८४५ रुपैयाँमा पुगेको छ। मंसिर लागेपछि निरन्तर बढेको सुनचाँदीको भाउ सरकारले आयातमा लाग्ने भन्सार महसुल घटाएसँगै एकै दिन यति ठूलो अंकले घटेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
