नेपालले जितका लागि अफगानिस्तानसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर अफगानिस्तानले सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो।
काठमाडौँ– दृष्टिविहीन टी२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ। नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो।
पाकिस्तानको लाहोरमा जारी दृष्टिविहीन विश्वकप क्रिकेटअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले सोमबार टस हारेपछि पहिला ब्याटिङ गरेको थियो। नेपालले जितका लागि अफगानिस्तानसामु २२९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर अफगानिस्तानले सबै विकेट गुमाएर १२० रन मात्र बनाउन सक्यो।
नेपालका लागि उपकप्तान पदमबहादुर बडैला र नरेश चौधरीले अर्द्धशतकीय पारी खेले। बडैलाले ५१ बलमा अविजित रहेर ९२ रन तथा चौधरीले ६२ बलमा अविजित ७२ रन बनाए। यस्तै भरत थापाले २१ तथा सागर लामाले चार रन बनाए। अफगानिस्तानका बलरहरूले नेपाललाई ३९ अतिरिक्त रन दिएका थिए।
यस्तै, नेपालविरुद्ध ब्याटिङ गर्दै अफगानिस्तानका अबाशीनले ५२, द्वारनले २१ तथा शराफतले १३ रन बनाए। बलिङतर्फ नेपालका लागि सुनिल राना मगरले तीन तथा भरत थापा, अमिश गुरागाईं र सुनिल सुवेदी क्षेत्रीले एक एक विकेट लिए।
नेपालले मंगलबार दक्षिण अफ्रिकासँग चौथो खेल खेल्ने छ। यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बांग्लादेशसँग पराजित भएको थियो। दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बांग्लादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
