इजिप्टको ‘रेड सी’ तटमा डुंगा पल्टिँदा १७ पर्यटक बेपत्ता

इजिप्टको ‘रेड सी’को तटमा सोमबार विदेशी पर्यटक यात्रा गरिरहेको डुंगा पल्टिँदा १७ जना बेपत्ता भएका छन् भने २८ जनाको उद्धार भएको छ।

इजिप्टको रेड सी गभर्नोरेटले अनलाइनमा राखेको डुंगाको तस्वीर, जुन सोमबार बिहान सबेरै पल्टिएको अधिकारीहरूले बताएका छन्। तस्वीर : रेड सी गभर्नोरेट/फेसबुक

इजिप्टको ‘रेड सी’को तटमा सोमबार विदेशी पर्यटक यात्रा गरिरहेको डुंगा पल्टिँदा १७ जना बेपत्ता भएका छन्। अन्य २८ जनाको उद्धार गरिएको इजिप्टका अधिकारीले बताएका छन्।

उक्त डुंगामा विभिन्न देशका ३१ जना पर्यटक र १४ जना चालक दलका सदस्य सवार रहेका थिए। डुंगा स्थानीय समयअनुसार बिहान ५:३० बजे आपत्कालीन संकेत पठाइएको इजिप्टको रेड सी प्रान्तले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

इजिप्टको दक्षिणपूर्वमा रहेको पोर्ट गालिबबाट यात्राका लागि आइतबार ‘द सी स्टोरी’ नामक उक्त डुंगा छुटेको थियो। शुक्रबार २०० किलोमिटर उत्तरमा रहेको हुरघाडा शहरमा पुग्ने कार्यक्रम रहेको थियो।

गभर्नर अम्र हानाफीले एक विज्ञप्ति जारी गर्दै केही जीवित व्यक्तिलाई डुंगा र पानी जहाजको मद्दतबाट उद्धार गरिएको बताए। “नौसेना र सशस्त्र बलको समन्वयमा सघन खोजी कार्य जारी छ,” उनले भने।

मर्सा आलमको स्थानीय काउन्सिलका अनुसार डुंगाको चालक दल सदस्यमा सबै इजिप्टियन थिए। जहाजमा बेलायती, स्पेनिस, जर्मन, अमेरिकी, स्लोभाकिया, स्विस, बेल्जियम, पोलिश, नर्वेली, आयरिश, फिनिस र चिनियाँ पर्यटक सवार थिए।

गम्भीर आर्थिक संकटमा परेको १० करोड ५० लाख जनसंख्या भएको इजिप्टको प्रमुख पर्यटकीय गन्तव्य रेड सी हो। यस क्षेत्रबाट २० लाख मानिसलाई रोजगारी प्राप्त गर्छन्। साथै, कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशतभन्दा बढी योगदान गर्दछ।