यस्तो रहनेछ मंगलबारको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहनेछ।

यी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी, राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातसमेत हुने सम्भावना छ।