अपहरणकारीले थप पैसा माग्न थालेपछि पीडितले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए। सोही सूचनाका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो।
वीरगन्ज– पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा संलग्न भनिएका दुई जना आरोपितलाई पक्राउ गरेको छ।
कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई ५० हजार रुपैयाँ फिरौती रकमसहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको रकम लिँदै गरेको अवस्थामा वीरगन्ज महानगर–१६ स्थित इनर्वागाउँबाट सन्तोष दास तत्मा र हरिशंकर शर्मालाई पक्राउ गरेको जानकारी दिए।
“महमदले अपहरणकर्तालाई खाली चेक र मोटरसाइकल दिएर फुत्किएको प्रहरीलाई बताएका छन्,” उनले भने, “अपहरणकारीले थप पैसा माग्न थालेपछि महमदले आफू अपहरणमा परेको सूचना प्रहरीलाई दिएका थिए। सोही सूचनाका आधारमा प्रहरीले अपहरणमा संलग्न भनिएका आरोपितलाई पक्राउ गरेको हो।”
अपहरणको अभियोगमा पक्राउ परेका तत्मा र शर्मा दुवै जना वीरगन्ज महानगर–१६ का बासिन्दा हुन्। पर्सा प्रहरीले अपहरणमा प्रयोग भएको मधेश प्रदेश ०३–०२५ प ३९८० र बीआर ०५ एयू ९७४५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।
प्रहरी नायब उपरीक्षक लम्सालले अपहरणको आरोप लागेका दुवै जनालाई जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक कसुरमा सात दिन म्याद थप गरेर थप अनुसन्धान अगाडि बढाइएको जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
