बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ। बाह्रै महिना उत्पादन नहुने हुनाले सिजनका बेलामा यसको माग बढी हुने गरेको छ।
राँझा– बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर आम्दानी गर्न सफल भएका छन्।
तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर सिजनमा चार लाख आम्दानी गर्न सफल भएको उनले बताए। उनले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर सिँगडाखेती गर्दै आएका छन्।
“अहिले सिँगडाको सिजन हो। सिजनभर ६० क्विन्टलभन्दा बढी सिँगडा बिक्री गर्छु। क्विन्टलको ६ हजार रुपैयाँका दरले बिक्री भइरहेको छ,” उनले भने, “व्यापारी गाउँमै सिँगडा खरिद गर्न आउँछन्। बिक्री गर्न समस्या छैन।”
एकपटक बीउ लगाएपछि सिजनभर तीन पटकसम्म सिँगडा टिप्न मिल्छ। सिँगडा खरिद गर्न नेपालगन्जबाट खुद्रा व्यापारी गाउँमा नै आउने गरेका छन्। कश्यपको आठ जनाको परिवारका सबै सदस्यले सिँगडाखेतीमा साथ दिँदै आएका छन्। बिहानदेखि साँझसम्म सिँगडा टिप्ने, जम्मा गर्ने र बिक्री गर्न भ्याइ नभ्याई हुने गरेको छ।
“यो हाम्रो पुर्ख्यौली व्यवसाय हो। बाउबाजेका पालादेखि नै हामीले सिँगडाखेती गर्दै आएका छौँ, यसैको आम्दानीबाट घरपरिवार चल्दै आएको छ,” उनले भने, “१५ कट्ठाभन्दा बढी तलाउको गाउँपालिकासँग वार्षिक २० हजार तिर्ने गरी भाडामा लिएको छु।”
बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ। बाह्रै महिना उत्पादन नहुने हुनाले सिजनका बेलामा यसको माग बढी हुने गरेको छ। किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन्। असारमा तलाउमा सिँगडाको बीउ रोप्ने र कात्तिक–मंसिरमा त्यसबाट फल उत्पादन हुने किसान कश्यपले बताए। “रोपेपछि दुई–तीन पटकसम्म आवश्यकताअनुसार कीराबाट जोगाउन विषादी तथा भिटामिन हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ,” उनले भने।
चाडबाडका बेलामा सिँगडाको बढी माग हुन्छ। चाडबाडको समयमा स्थानीय गाउँमा स्थानीय मेला लाग्ने गर्छन्। मेलामा धेरैजसो बिक्री हुने गर्छ। चाडबाडमा व्रत बस्नेले पनि यसलाई उमालेर, पिसेर हलुवा बनाएर खानुका साथै तरकारी पनि बनाउने गर्छन्। यस वर्षको कात्तिक पूर्णिमा मेलामा सिँगडाको धेरै खपत भएको उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
