सरकारले सामाजिक सुरक्षा कोषमार्फत आम नागरिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ।
काठमाडौँ– योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको सात वर्ष पुगेको छ। यस अवसरमा सरकारले मंगलबार सातौँ सामाजिक सुरक्षा दिवस मनाउँदै छ।
२०७५ मंसिर ११ गते सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ गरेको थियो। २०७५ मंसिर ३ गतेको मन्त्रिपरिषद् बैठकले मंसिर ११ लाई सामाजिक सुरक्षा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो।
नेपालको संविधानले प्रत्येक नागरिकलाई सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ। सरकारले सोही हक कार्यान्वयन गर्न सामाजिक सुरक्षा कोषमार्फत आम नागरिलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने प्रक्रिया अघि बढाइरहेको छ।
कोषमा अहिलेसम्म औपचारिक, अनौपचारिक, वैदेशिक र स्वरोजगार क्षेत्रमा रहेको करिब १८ लाख श्रमिक सूचीकृत भइसकेका छन्। सोमबारसम्म औपचारिक क्षेत्रका ५ लाख ४३ हजार ४९१, वैदेशिक रोजगारमा रहेको १२ लाख ५३ हजार ६१५, अनौपचारिक क्षेत्रका ३०७ र स्वरोजगार क्षेत्रका २२७ गरी १७ लाख ९७ हजार ६४० श्रमिक कोषमा आबद्ध भएका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए।
कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ। कोषले हालसम्म १ लाख ८० हजार ९२२ श्रमिकलाई विभिन्न सुविधा योजनाअन्तर्गत ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको छ। कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम जम्मा भइसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
