पाकिस्तानमा साम्प्रदायिक झडप, ८८ जनाको मृत्यु

बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रु बोकेको गाडीमा आक्रमण गरेपछि हिंसा भड्किएको थियो।

तस्वीर: डन

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको साम्प्रदायिक झडपमा ज्यान गुमाउनेको संख्या ८८ जना पुगेको छ। 

गत बिहीबार पाराचिनार क्षेत्रमा शिया मुसलमान यात्रु बोकेको गाडीमा आक्रमण गर्दा भएको हिंसामा ठूलो हताहत भएको थियो ।

यस आक्रमणले सिया र सुन्नी समुदायबीच साम्प्रदायिक हिंसाको लहर निम्त्याएको छ। पछिल्ला दिनमा निरन्तर भएको आक्रमणले मृतकको संख्या बढ्दै गएको छ। 

प्रान्तीय सरकारको प्रतिनिधिमण्डलले प्रभावित जिल्लाको स्थलगत भ्रमण गरेको छ। भ्रमणपछि दुवै सम्प्रदायबीच सात दिनका लागि युद्धविराम गर्ने सहमति भएको छ।