नेप्से परिसूचकसँगै बढ्यो कारोबार रकम

मंगलबार नेप्से परिसूचक ३३ अंकले बढेर २७१६ को बिन्दुमा उक्लिएको छ भने सात अर्ब ४४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको हो।

नेप्सेका अनुसार मंगलबार परिसूचक अघिल्लो दिनको तुलनामा ३३.४१ अंकले बढेर २७१६.६६ को बिन्दुमा उक्लिएको हो। यस दिन विभिन्न ३१२ कम्पनीको एक करोड ४२ लाख ९२ हजार ७४२ कित्ता शेयर ७५ हजार ५७२ पटक खरिदबिक्री भयो। जसबाट सात अर्ब ४४ करोड ९८ लाख ९८ हजार ९८७ रुपैयाँ बराबरको शेयर कारोबार भयो।

यस दिन अघिल्लो दिनको तुलनामा कारोबार रकममा एक अर्बभन्दा बढीको वृद्धि देखिएको छ। सोमबार नेप्से परिसूचक १५.८३ अंकले बढेर २६८३.२४ को बिन्दुमा उक्लिँदा ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.५० अंकले बढेर ४७७.५७६ को विन्दुमा कायम भएको छ। मंगलबार कारोबारमा आएका सबै समूहको उपसूचक बढेको छ।

म्युचुअल फन्ड ०.३२ र उत्पादन तथा प्रशोधनको उपसूचक ०.२३ प्रतिशतले घटेको छ भने अन्य समूहको उपसूचकमा वृद्धि देखिएको छ।

नेप्सेका अनुसार बैंकिङ १.२०, विकास बैंक ०.४९, वित्त १.५२, होटल तथा पर्यटन ०.६४, जलविद्युत् १.९७ र लगानी समूहको उपसूचक १.१३ प्रतिशतले बढेको छ। त्यस्तै जीवन बीमा १.०२, उत्पादन तथा प्रशोधन १.०८, लघुवित्त ०.८५, म्युचुअल फन्ड ०.२३, निर्जीवन बीमा ०.२३, अन्य समूह १.६८, व्यापार समूहको उपसूचक १.२९ प्रतिशतले बढेको छ।

यस दिनको कारोबारमा तीन वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

नेप्सेका अनुसार सपोर्ट माइक्रो फाइनान्स, युनाइटेड आईडीआई मार्मी आरबी हाइड्रोपावर र खुथेली बुखारी स्मल हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको हो। थ्री स्टार हाइड्रो पावरको शेयर भने १० प्रतिशतले घटेको छ। यस दिनको कारोबारमा मिथिला लघुवित्त ९.६२ र अपर हेवाखोलाका लगानीकर्ताले ८.८० प्रतिशतले कमाएका छन्।

त्यस्तै, कर्णाली विकास बैंक ८.४५, सामुदायिक लघुवित्त ८.१२, ११% एनआईसी एशिया डिभेन्चर ६.१६ र बेस्ट फाइनान्सका लगानीकर्ताले ६.१२ प्रतिशतले गुमाएका छन्।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर ४५ करोड ७८ लाख ३१ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावरको ६ लाख ८८ हजार २३६ कित्ता किनबेच भएको छ।