पाकिस्तानको राजधानी इस्लामबादमा पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै भएको आन्दोलनका क्रममा ६ जनाले ज्यान गुमाएका छन्।
पाकिस्तानको राजधानी इस्लामबादमा पूर्वप्रधानमन्त्री इमरान खानलाई रिहा गर्न माग गर्दै भएको आन्दोलनका क्रममा ६ जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा एक सर्वसाधारण र चार सुरक्षाकर्मी रहेका छन्। उनीहरूको सवारीसाधनको ठक्करबाट मृत्यु भएको हो।
प्रधानमन्त्री शहबाज सरिफले आक्रमणको निन्दा गरेका छन्। उनले ‘अराजकतावादी समूह’ जानाजान सुरक्षाकर्मीलाई निसाना बनाएको आरोप लगाए। यद्यपि यसको कसैले पनि जिम्मेवारी लिएको छैन। अर्को छुट्टै घटनामा एक जना प्रहरीको मृत्यु भएको छ।
समाचार संस्था एपीका अनुसार मंगलबार प्रदर्शनकारीलाई रोक्न मध्य स्लामबादमा हजारौँको संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। पाकिस्तानी सेनाले मुख्य सरकारी भवन रहेको स्लामबादको रेड जोन घोषित डी–चोकलाई घेरा हालेर राखेको थियो, जुन प्रदर्शनकारीको गन्तव्य थियो। अर्धसैनिक बलले दोस्रो र प्रहरीले तेस्रो घेरामा सुरक्षा दिएका थिए।
यद्यपि, प्रदर्शनकारीले सुरक्षा घेरा तोड्दै निर्धारित स्थान इस्लामाबादको मध्य चोकमा पुगेका थिए। यसको नजिकै प्रधानमन्त्रीको कार्यालय, संसद् र सर्वोच्च अदालतसहित महत्त्वपूर्ण सरकारी भवन छन्। खानको पार्टी, पीटीआईका एक प्रवक्ताले आफ्ना माग पूरा नभएसम्म संसद् अगाडिबाट नहट्ने बताएका छन्। उनीहरूको मागमध्ये खानको जेलबाट रिहाइ पनि हो। खान एक वर्षभन्दा बढी समयदेखि जेलमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
