दृष्टिविहीन टी२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको छ।
काठमाडौँ– पाकिस्तानमा जारी दृष्टिविहीन टी२० क्रिकेट विश्वकपमा नेपालले दक्षिण अफ्रिकामाथि जित हात पारेको छ।
मंगलबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको हो। नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो।
दक्षिण अफ्रिकाका लागि बुले भिडलाले शतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन। उनले ७१ बल खेल्दै आठ चौकासहित १०० रन बनाए। लेसिबा एफ्राइम माथापो ४६ र एडरिक तेर हारले ६ रन जोड्दा लेसेडी लेसुफी ११ रनमा अविजित रहे।
मंगलबारको खेलमा पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेटको क्षतिमा १९८ रन बनायो। नेपालका लागि ओपनर नरेश चौधरीले अर्धशतकीय इनिङ्स खेले। उनले ५७ बलमा चार चौका प्रहार गरे गर्दै ८० रन बनाए। सागर लामा ४०, पदम बडैला ३४ र भरत थापा ११ रनमा आउट हुँदा सुनिल मगर एक रनमा अविजित रहे।
जारी खेलमा नेपालको यो दोस्रो जित हो। यसअघि नेपालले अफगानिस्तानलाई १०८ रनले पराजित गरेको थियो। यसअघि नेपाल पहिलो खेलमा श्रीलंकासँग तथा दोस्रो खेलमा बांग्लादेशसँग पराजित भएको थियो।
दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, बांग्लादेश, श्रीलंका र दक्षिण अफ्रिका सहभागी छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
