‘गाउँ उज्यालो बनाऊँ’ परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका ५०० घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्यबत्ती प्रदान गर्ने जनाएको छ।
काठमाडौँ– दुर्गम गाउँलाई उज्यालो बनाउने उद्देश्यले ‘गाउँ उज्यालो बनाऊँ’ परियोजना सञ्चालन गरिएको छ। नेपालस्थित चिनियाँ दूतावास, चीनको छोङछिङ ह्वायान मन्दिर र छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेसनको संयुक्त पहलमा परियोजना शुरू गरिएको हो।
दुर्गम गाउँलाई स्थिर प्रकाश प्रदान गर्दै जीवनस्तर सुधार गर्ने उद्देश्यले परियोजना सञ्चालनमा रहेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
परियोजनाले नेपालका दुर्गम पहाडी क्षेत्रका ५०० घरपरिवारलाई हरित र वातावरणमैत्री सौर्यबत्ती प्रदान गर्ने जनाएको छ। परियोजनाको पहिलो चरणमा बागमती प्रदेशको काभ्रेपलान्चोकको रोशी गाउँपालिकाका दुर्गम मिन्दुपा गाउँ र सिम गाउँका ८० घरमा सौर्यबत्ती जडान गरिएको छ।
यसबाट गाउँलेको रात्रिकालीन जीवनलाई सहज बनाउनाका साथै विद्यार्थीलाई अध्ययनका लागि अनुकूल वातावरण सिर्जना भएको परियोजनाले जनाएको छ। सञ्चालित कार्यक्रमले गाउँलेको जीवनस्तर सुधार तथा शिक्षा र दिगो विकासलाई प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ।
पत्रकार सम्मेलनमा रोशी गाउँपालिकाका प्रमुख दिनेश लामाले परियोजनाले स्थानीय बासिन्दाको जीवनस्तर सुधारमा ठूलो योगदान दिने विश्वास व्यक्त गरे। अहिले पनि टुकी बत्तीको सहाराले जीवन गुजारा गरिरहेका नागरिकलाई परियोजनाको माध्यमबाट नयाँ ऊर्जा प्रदान गर्ने उनले उल्लेख गरे।
नेपालस्थित चिनियाँ दूतावासका काउन्सिलर छि शानले परियोजनाले ग्रामीण जीवनलाई उज्यालो प्रदान गरेर सहज गर्नाका साथै दुई देशबीच जनस्तरको सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।
छोङछिङ नगरपालिका ह्वायान शिक्षा तथा संस्कृति फाउन्डेसनका महासचिव यिन लियाङले सौर्य बत्तीको प्रयोगले हरित ऊर्जा प्रविधिको प्रवर्द्धन, पारिस्थितिक सभ्यता निर्माण र दिगो विकासलाई समर्थन गर्न मद्दत पुग्ने बताए।
“गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले समस्या बढाएको छ, जसले प्रकाशको आवश्यकतालाई झनै महत्त्वपूर्ण बनाएको छ। यसपटक प्रदान गरिएका सौर्य बत्तीले यी गाउँमा भरपर्दो र वातावरणमैत्री प्रकाश समाधान प्रदान गर्नेछन्, जसले रातिको जीवनलाई सहज बनाउनाका साथै बालबालिकालाई अध्ययन गर्नका लागि अनुकूल वातावरण सिर्जना गर्नेछ”, परियोजनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
भविष्यमा, ह्वायान मन्दिर र फाउन्डेसनले बौद्ध धर्मको परोपकारी दर्शनलाई अनुसरण गर्दै सभ्यताको आदानप्रदान र समझदारीलाई बढवा दिन र सङ्कटमा परेकालाई सहयोग गर्न निरन्तर काम गर्ने जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
