निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा विशेष बिदा या अन्य वैकल्पिक उपाय अपनाइ कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ।
काठमाडौँ– निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा विशेष बिदा या अन्य वैकल्पिक उपाय अपनाइ सम्पूर्ण कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने निर्णय भएको छ।
निर्वाचन आयोगको मंगलबारको बैठकले स्थानीय तहमा मतदाताको सहभागिता बढाई सहज मतदानको वातावरण बनाउन उपनिर्वाचन सम्बन्धित स्थानीय तहका सम्बन्धित वडामा नाम समावेश भएका सरकारी पदाधिकारी तथा कर्मचारीलाई मतदान गर्ने व्यवस्था मिलाउन लेखी पठाउने निर्णय गरेको हो। स्थानीय तहको रिक्त प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
यसैगरी आयोगको मतदान हुने दिन उपनिर्वाचन हुने स्थानीय तहमा सम्बन्धित स्थानीय तहभर र वडा अध्यक्षको उपनिर्वाचन हुने स्थानीय तहमा वडाको क्षेत्रभित्र सम्बन्धित स्थानीय तहअन्तर्गतका कार्यालयमा सार्वजनिक बिदा दिने व्यवस्था मिलाउन सबै निकायलाई आह्वान गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
