देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना

तराईका केही तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ।

तराईका केही तथा पहाडी भूभागका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। यी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुनेछ। 

यसैगरी,राति कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना पनि रहेको महाशाखाको अनुमान छ।