ठेकेदारले २०७५ जेठभित्र सम्पन्न गर्नेगरी सम्झौता गरेका थिए। त्यसयता पाँच पटक म्याद थपिएको छ। अन्तिम पटक थप गरिएको म्याद पनि कात्तिक ९ गते सकिएको छ।
कुनौली– सप्तरीको राजगढ गाउँपालिका–३ स्थित नर्घो–फकिरा जोड्ने मुतनी नदीमा पुल निर्माण शुरू भएको आठ वर्ष बितिसक्दा पनि काम अधुरै छ।
नदीमा पुल नहुँदा फकिरा, कुपही, रम्पुरा, इनरूवा, झुटकीलगायत गाउँका बासिन्दालाई आवतजावतमा समस्या भइरहेको छ। स्थानीय रघुविर खंगले पुल नहुँदा गाउँसम्म बिरामी र केही समस्या पर्दा हुँदा एम्बुलेन्स पनि जानसक्ने अवस्था नरहेको बताए। “कोही बिरामी पर्यो भने नहरकै बाटो हुँदै लानुपर्छ। यसमा मोटरसाइल मात्र जान्छ, चारपांग्रे गाडी जाने अवस्था छैन,” उनले भने।
खंगका अनुसार नजिक नर्घोमा रहेका चिकित्सक तथा क्लिनिकमा जाने बाटो पनि यही हो। सुक्खायाममा जसोतसो समस्या टरे पनि वर्षायाममा भने दोब्बर दूरीको अर्को बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता छ। फकिरा, कुपही, रम्पुरा, इनरुवालगायत गाउँका बासिन्दा नर्घोमा सामान्य किनमेलन तथा हाटबजार गर्न दैनिक यही बाटो प्रयोग गर्छन्। यस्तै सदरमुकाम राजविराज पुग्ने नजिकको बाटो पनि यही भएकाले हरेक काममा सास्ती हुने गरेको उनको गुनासो छ।
पुलको निर्माण भने सुस्तगतिमा भइरहेको छ। यसले स्थानीय निरास छन्। “ठेकेदार कहिलेकाहीँ आएर थोरै काम गरेर फेरि महिनौँ हराउने गर्छन्। हामीले गुनासो गरेमा आजभोलि बन्छ भन्दै टारेको पनि यत्रो वर्ष भइसक्यो, अर्का स्थानीय मो बसिरले भने, “खै ! बन्छ कि बन्दैन, बने पनि कहिले हो कहिले।”
२०७३ जेठ २ गते ५ करोड ४० लाख ९३ हजारमा रोसन कन्सट्रक्सन जनकपुरले ठेक्का लिएको थियो। सडक डिभिजन लहानसँग २०७५ जेठ ०९ गतेसम्म काम सम्पन्न गर्ने सम्झौता भएको थियो। त्यसयता पाँच पटक म्याद थपिएको छ। अन्तिम पटक थप गरिएको म्याद पनि गत कात्तिक ९ गते सकिएको छ। सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णले काम छिटो सम्पन्न गर्न निर्माण कम्पनीलाई पटक–पटक ताकेदा गरिरहेको बताए।
कार्यालयका सूचना अधिकारी अश्विनीकुमार यादवले हालसम्म ८५ प्रतिशत भौतिक प्रगति भएको बताए। निर्माण कम्पनीले ४ करोड ५२ लाख भुक्तानी लगिसकेको छ। “ठेकेदारले अबको एक डेढ महिनामै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ। त्यही लक्ष्यअनुसार हामी अगाडि बढ्छौँ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
