‘विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ। अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न।’
धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–११ का दुई युवाले च्याउखेतीबाट आम्दानी गरिरहेका छन्। दाजु रोसन र भाइ भरत गुप्ताले २०७७ सालमा दाजुभाइ कृषि फर्म दर्ता गरी गाउँमै गरेको च्याउखेतीबाट राम्रो आम्दानी गरिरहेका हुन्।
सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएपछि आफूहरूले व्यावसायिक च्याउखेती शुरू गरेको रोशन गुप्ताले बताए। पहिलो वर्ष केही घाटा भए पनि त्यसपछि भने राम्रो आम्दानी भइरहेको उनले बताए। उनका अनुसार हाल सबै खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँ बचत हुने गरेको छ। उनीहरूले पाँच वटा टनेलमा च्याउखेती गरेका छन्। च्याउ बजारमा थोकमा प्रतिकिलो १७० र फार्ममै किन्न आउने व्यापारीलाई १५० रुपैयाँमा बिक्री हुने गरेको छ।
रोसनले भने, “च्याउ बिक्रीका लागि बजारको समस्या छैन। उत्पादन भएको च्याउ धरान, इटहरी, इनरुवा, दुहबी, गाईघाट, राजविराज, कल्याणपुर र स्थानीय बजार चक्रघटी, कालाबजार बराहक्षेत्र चतरालगायतमा पुग्ने गरेको छ,” उनले भने।
तत्कालीन समयमा ५० हजार रुपैयाँ लगानीमा शुरू गरेको च्याउखेतीमा अहिले लगानी लाखौँमा पुगेको छ। परिवारका ६ सदस्यलाई रोजगारी पनि मिलेको छ। त्यसबाहेक थप करिब १० जनाले जागिर पनि प्राप्त गरेका छन्।
तलबमा काम गर्नेले मासिक १५ हजार र दैनिक ज्यालादारीमा काम गर्नेले ५०० रुपैयाँमा काम गरिरहेका छन्। “व्यापार भएकाले सधैँ एकनास हुँदैन, कम जग्गामा पनि च्याउखेती गर्न सकिन्छ,” उनले भने, “च्याउखेतीका लागि विशेष खालको स्याहारको आवश्यकता भने पर्छ।”
च्याउखेतीका लागि पराल र चुन आवश्यक पर्छ। त्यसबाहेक बास र खरले छाएको टहरासँगै प्लास्टिक पनि चाहिन्छ। विषादीको प्रयोग नहुने भएकाले यो स्वास्थ्यका लागि पनि राम्रो मानिने भएको यसको माग पनि बढ्दो रहेको रोसनले बताए। उनका अनुसार हाल दैनिक ३५० केजीसम्म च्याउ बिक्री भइरहेको छ।
साउनदेखि असोजको समय धेरै बिक्री हुने समय भएको उनको अनुभव छ। वर्षमा नौ महिना च्याउको राम्रो उत्पादन हुने उनको भनाइ छ। “विदेशमा गएर धेरै दुःख गर्नुभन्दा स्वदेशमै थोरै मेहनत गर्दा पनि राम्रो कमाइ हुने रहेछ। अहिले विदेश जाने कुरा सोच्न पनि सकिन्न,” रोसनले भने।
च्याउ खेतीका गत वर्ष सुनसरी कृषि ज्ञान केन्द्रबाट १ लाख रुपैयाँ अनुदान पाएका थिए। यस वर्ष बराहक्षेत्र नगरपालिकाले ९० हजार अनुदान दिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
