कागबेनी र सेल्फीडाँडाको सुन्दरता [तस्वीरहरू]

पृथक् भूबनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले मुस्ताङमा विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्।

काठमाडौँ– हिमालपारीको जिल्ला मुस्ताङ सुन्दर, मनमोहक र आकर्षक छ। मुस्ताङ घुमेर फर्किनेहरू यो क्षेत्रलाई ‘स्वर्गको टुक्रा’ भन्छन्। 

यहाँ थुप्रै धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थल छन्। मुस्ताङमा प्रसिद्ध मुक्तिनाथ मन्दिरसहित दामोदरकुण्ड, प्राचीन गुफाहरू, मार्फाको स्याउ बगैँचा, उपल्लो मुस्ताङ, मुस्ताङ–तिब्बत कोरला नाका र कागबेनीलगायत मनोरम ठाउँ छन्।

पृथक् भूबनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्। शरद यामसँगै खुल्न थालेको मौसम मुस्ताङ घुम्नका लागि उपयुक्त मानिन्छ।