यो सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ मा आधारित छ। यही प्रस्तावले सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच चलेको ३६ दिनको युद्ध समाप्त गरेको थियो।
काठमाडौँ– इजरायल र हिजबुल्लाहबीचको युद्धविराम लागू भएको छ। यो स्थानीय समयअनुसार बुधबार बिहान चार बजेदेखि लागू भएको हो।
यदि यो सम्झौता कायम रह्यो भने, यसले इजरायल र हिजबुल्लाहबीच एक वर्षभन्दा लामो समयसम्म चलेको युद्ध समाप्त हुनेछ। यस युद्धका कारण इजरायलका हजारौँ र लेबनानका लाखौँ मानिसले आफ्नो घर छाड्नु परेको छ। यस्तै, इजरायली आक्रमणले तीन हजार ७०० भन्दा धेरै लेबनानीको ज्यान गएको छ भने १५ हजारभन्दा धेरै घाइते भएका छन्। हिजबुल्लाहको आक्रमणले इजरायलमा पनि सयाैँको संख्यामा मानवीय क्षति भएको छ।
सन् २०२३ अक्टोबर ८ बाट दुई पक्ष बीचको लडाई शुरू भएको थियो। हमासले दक्षिणी इजरायलमा आतंकवादी हमला गरेको एक दिनपछि हिजबुल्लाहले पनि हमासको समर्थनमा इजरायलमा आक्रमण बढाएको थियो।

पछिल्ला महिनाहरूमा इजरायल र हिजबुल्लाहबीचको द्वन्द्व चर्किएको थियो। गत सेप्टेम्बरमा इजरायलले लेबनानमाथि बमबारी बढायो र जमिन कारबाही पनि ग¥यो। यसको उद्देश्य देशको उत्तरी सिमानाबाट हिजबुल्लाह लडाकुहरूलाई हटाउनु थियो।
इरान समर्थित हिजबुल्लाहलाई अमेरिका, जर्मनी र अन्य धेरै देशहरूले आतंकवादी संगठन घोषणा गरिसकेका छन्।
युद्धविराम सम्झौतामा के छ ?
यो सम्झौता संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव १७०१ मा आधारित छ। यही प्रस्तावले सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच चलेको ३६ दिनको युद्ध समाप्त गरेको थियो।

सम्झौताअनुसार इजरायलले आगामी ६० दिनभित्र लेबनानबाट आफ्ना सेना फिर्ता गर्नुपर्नेछ। हिजबुल्लाहले आफ्नो सेनालाई लितानी नदीको उत्तरतिर लैजानुपर्नेछ। यो क्षेत्र इजरायली सीमाबाट करिब ३० किलोमिटर टाढा छ।
लेबनानी सेना र संयुक्त राष्ट्र शान्ति सेना (युनिफिल) ले सीमा क्षेत्रको सुरक्षा गर्नेछ। यसले हिजबुल्लाहलाई त्यहाँ नयाँ संरचनाहरू निर्माण गर्नबाट रोक्नेछ।
लेबनानका विदेशमन्त्री अब्दल्लाह बुहाबिबले लेबनानी सेनाले दक्षिणी लेबनानमा १० हजार सेना तैनाथ गर्न सक्ने बताएका छन्।

लेबनानका उप संसदका सभामुख इलियास बौसाबले रोयटर्सलाई बताएअनुसार पहिले नै अवस्थित त्रिपक्षीय संयन्त्र (युनिफिल, लेबनानी र इजरायली सेना)बाहेक अब अमेरिका र फ्रान्स पनि सामेल हुनेछन्। अमेरिकाले यस समूहको अध्यक्षता गर्नेछ।
अमेरिकी राष्ट्रपति जो बाइडेनका अनुसार दुवै पक्षका नागरिक आ–आफ्नो बस्तीमा फर्कन सक्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
