१३ उपसमूहमध्ये वित्तबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
काठमाडाैँ– अघिल्ला दुई कारोबार दिन झैँ बुधबार पनि शेयरबजार परिसूचक नेप्से बढेको छ। आज नेप्से ३९.७० अंक बढेर २,७५६.३६ विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ३.३१ अंकले बढेको छ।
आज कारोबार रकम पनि बढेको छ। मंगलबार ७ अर्ब ४४ करोडको शेयर खरिदबिक्री भएको बजारमा आज ३१६ स्टकको ९ अर्ब ३१ करोड २८ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। विशाल बजार कम्पनी, कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंक, मानुषी लघुवित्त र ग्रिन डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, सुपर मादी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ।
आज मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
१३ उपसमूहमध्ये वित्तबाहेक सबै उपसमूहको परिसूचक बढेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक ९.२७ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक करिब ३ प्रतिशत बढेको छ। वित्त उपसमूहको परिसूचक ०.४७ प्रतिशतले घटेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
