खोटाङ घर भई ललितपुर बस्दै आएका ३७ वर्षीय राईले विभिन्न व्यक्तिका नागरिकता प्रयोग गरी ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट खोलेका थिए।
काठमाडौँ– अनलाइन सट्टेवाजी/जुवा मार्फत ५५ करोड रुपैयाँ बराबरको कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ घर भई ललितपुर बस्दै आएका ३७ वर्षीय सुनिल राईलाई पक्राउ गरेको हो। उनले बेटिङ एप ‘वनएक्स बेट’ मार्फत विभिन्न व्यक्तिलाई अनलाइन जुवा खेलाउने गरेको प्रहरीले जनाएको छ।
राईले विभिन्न व्यक्तिका नागरिकता प्रयोग गरी ७५ वटा बैंक खाता, १२८ वटा ईसेवा वालेट खोलेका थिए। यसबाट उनले हालसम्म ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ। उनले २५ भन्दा बढी जिमेल एकाउन्ट खोलेर वान एक्स बेटमा प्रयोग गरेको पाइएको छ।
यसबाहेक उनको मोबाइलमा क्रिप्टो करेन्सी कारोबार गर्ने ‘बाइनान्स एप’ पनि रहेको र सो एपबाट थप ६ करोड २३ लाख रुपैयाँ कारोबार भएको खुलेको प्रहरीले जनाएको छ। उनले विभिन्न ठाउँमा कोठा लिई आफ्नो हुलिया परिवर्तन गरी अनलाइन जुवा खेलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनको साथबाट विभिन्न व्यक्तिका नागरिकता, पासपोर्ट लगायतका सामग्री पनि बरामद गरेको छ। थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
