एनफिल्डमा भएको खेलमा रियलका लागि केयलिन एमबापे पेनाल्टीमा चुके। लिभरपुलका मोहमद सलाहले पनि पेनाल्टीमा गोल गर्न सकेनन्।
काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगमा लिभरपुलले साबिक विजेता रियल मड्रिडलाई २–० ले हराएको छ।
बुधबार राति एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि एलेक्स म्याक एलिस्टर र कोडी गाक्पोले गोल गरे। लिभरपुल प्रतियोगिताका पछिल्ला ५ खेलमा ५ जितसहित तालिकाको शीर्षस्थानमा छ।
लिभरपुलको नयाँ प्रशिक्षकका रूपमा आर्ने स्लट आएयता १९ खेलमा यो १७औँ जित हो। खेलमा दुई सुपरस्टार, लिभरपुलका मोहम्मद सलाह र रियलका केलियन एमबाप्पे पेनाल्टीबाट चुकेका थिए।
यस जितसँगै रियलविरुद्ध लिभरपुलले पछिल्ला ८ खेलको जितहीन यात्रा टुंग्याएको छ। रियलको पाँच खेलमा यो तेस्रो हार हो। यससँगै उसको नकआउट चरण यात्रा कठिन बनेको छ। रियल ६ अंकसहित तालिकाको २४औँ स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
