धनगढी–६ मटियारीका किसान व्यावसायिक तरकारीखेतीमा लागेका छन्। यहाँका अधिकांश किसानको आम्दानीको मुख्य स्रोत तरकारीखेती बनेको छ।
अत्तरिया– कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्।
त्यसमध्ये एक हुन्, धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना। उनले तरकारी खेतीबाट वर्षमा ३ लाख ५० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए। रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए।
उनले ११ कट्ठा जग्गामा तरकारी खेती गरेका छन्। “पाँच कट्ठा जग्गामा आलु लगाउने गरेको छु। वर्षमा १ लाख ५० हजार रुपैयाँको आलु मात्रै बिक्री गर्छु। गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए। यसपटक पनि राम्रै उत्पादन हुने आश छ,” रानाले भने, “६ जनाको परिवार छ। तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ। केही बचत पनि हुन्छ।”
सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक २ लाखभन्दा बढी आम्दानी हुने गरेको बताए। लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएकाका रानाले हाल करिब ६ कट्ठा जग्गामा तरकारीखेती गरेका छन्। “मिहिनेत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ। तरकारीको मूल्य राम्रै पाइरहेका छौँ,” उनको भनाइ छ।
स्थानीय अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाइन्। “पाँच कट्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ। आम्दानीको अरू स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ,” उनले भनिन्।
उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
