भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु, १ गम्भीर

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।

भक्तपुर– मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ। अर्का एक जना गम्भीर घाइते भएका छन्। 

काठमाडौँतर्फ गइरहेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा त्यसमा  सवार भक्तपुर नगरपालिका–५ द्यौलाबस्तीका जिते द्यौला गम्भीर घाइते भएका छन्।

निजकी श्रीमती नवीनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते जितेको नागरिक कम्युनिटी अस्पताल गठ्ठाघरमा उपचार भइरहेको छ। 

प्रहरीले ट्रक र त्यसका चालक मकवानपुरगढी गाउँपालिका–४ का  बुद्धबहादुर घलानलाई नियन्त्रणमा लिएको छ।