श्रीलंकामा आँधीका कारण ४ बालबालिकाको मृत्यु

उद्धार टोलीका अनुसार श्रीलंकामा बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।

तस्वीर: एपी

श्रीलंकामा भारततर्फ गइरहेको शक्तिशाली आँधीले निम्त्याएको भारी वर्षापछि आएको आकस्मिक बाढीका कारण चार बालबालिकाको मृत्यु भएको छ। बाढीका कारण डुबेका अन्य चार बालकलाई उद्धार गरिएको श्रीलंकाले उद्धारकर्मीले बताएका छन् ।

उद्धार टोलीका अनुसार श्रीलंकामा बाढीका कारण २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। बंगालको खाडीमा रहेको आँधी चक्रवाती आँधीमा परिणत हुन सक्ने सम्भावना रहेको भारतीय मौसम अधिकारीको भनाइ छ। 

उत्तरी एटलान्टिकमा आँधीबेहरी वा उत्तरपश्चिमी प्रशान्तमा चक्रवातको जोखिम भएजस्तै यस क्षेत्रमा चक्रबातको जोखिम हुने गरेको छ। 

श्रीलंकाको तट पार गरिसकेपछि, आँधी भारतको दक्षिणी तमिलनाडु राज्यतिर बढिरहेको जनाइएको छ। भारतीय मौसम विभागले शनिबार भारतको दक्षिणी तमिलनाडु र पान्डेचरी तटवर्ती क्षेत्रमा  ७० किलोमिटर प्रतिघण्टा गतिमा प्रवाह हुने अनुमान गरेको छ। 

घर जलमग्न भएपछि विस्थापितहरू सार्वजनिक भवनमा अस्थायी आश्रय खोजिरहेको श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। विपद् व्यवस्थापन  केन्द्रले बेपत्ताहरूको खोजी गरिरहेको उल्लेख गरेको छ।