केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा कृषि बालीलाई क्षति पुर्याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेको स्थानीयको भनाइ छ।
नवलपरासी– पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१० नदवामा रहेका उद्योगको फोहोर पानीले आसपासका क्षेत्र दुर्गन्धित बनेका छन्। उद्योगबाट निस्किएको फोहोरले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित बनेपछि जिल्ला प्रशासन कार्यालय तथा रामग्राम नगरपालिकामा निवेदन दिइएको छ।
पाल्हीनन्दन गाउँपालिका–६ का सन्दीप यादवले स्थानीय उद्योगबाट निस्किएको फोहोरले गाउँ प्रदूषित हुनुका साथै फोहोर पानीमा केमिकल मिसिएको र उक्त पानी खोलामा जाँदा खोला दुर्गन्धित बनेको बताए। उनका अनुसार केमिकल मिसिएको पानी खोला, नालामा छोड्दा कृषि बालीलाई क्षति पुर्याउनुका साथै त्यो पानी खाएर कतिपय गाईभैँसी र बाख्रा मरेका छन्।
यसरी वातावरण प्रदूषण हुनुका साथै पशुचौपाया, कृषि बालीमा क्षति हुन थालेपछि प्रदूषण रोक्न र सरोकार भएकाको ध्यानाकर्षण गराउन जिल्ला प्रशासन कार्यालय र रामग्राम नगरपालिकामा निवेदन दिइएको यादवले जानकारी दिए।
जिल्लामा रहेका रोसलान भोड्का, वरुण वेभरेज, लुम्बिनी पेपर मिल, गोयनका प्रालिबाट निस्किने प्रदूषित पानी प्रशोधन नगरी खोलानालामा छोडेकाले पशुचौपाय चरन गर्न नपाएका, कतिपय पशु मरेका, प्रदूषित पानीले खोलानाला दुर्गन्धित भई वातावरण दूषित गरिरहेको पाल्हीनन्दनका धरेन्द्र यादवले बताए। उद्योगबाट निस्किने फोहोर पानीले वातावरण दूषित गरेको रामग्राम नगरपालिका–१० का वडाध्यक्ष सुरेश यादवले बताए।
उद्योगहरूको प्रदूषित पानीले कृषि तथा पशुचौपायमा क्षति पुर्याएको स्थानीयले निवेदन आएपछि अनुगमन गर्दा प्रदूषित पानी बगिरहेको पाइएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए। समस्या समाधानका लागि उद्योगका प्रतिनिधि, स्थानीय प्रतिनिधि, नागरिकसहित छलफल गरी विकल्प खोजिने उनको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
