प्रधानमन्त्री केपी शर्मा ओली सरकारी र निजी क्षेत्रका प्रतिनिधिसहित ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली सरकारी र निजी क्षेत्रका गरी ८७ सदस्यीय टोलीको नेतृत्व गर्दै मंसिर १७ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे औपचारिक रूपमा निर्णय गरेको हो।
यद्यपि, प्रधानमन्त्रीको चीन भ्रमणका अजेन्डा अझै छलफलकै चरणमा रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बताए। “प्रधानमन्त्रीको चीनमा हुन गइरहेको भ्रमण – जो मंसिर १७ देखि २० गतेसम्मका लागि हुँदै छ– स्वीकृत भएको छ। अजेन्डामा अझै छलफल जारी नै छ। अझै तय भइसकेको छैन,” मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग उनले भने।
प्रधानमन्त्री ओलीको चीन भ्रमणको अजेन्डाका बारेमा मन्त्रिपरिषद्को अर्को बैठकले टुंगो लगाउनेले बताए। नेकपा एमालेले ओलीको चीन भ्रमणका क्रममा विगतमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनमा जोड दिइने बताएको छ। प्रधानमन्त्री ओलीले पनि चीन भ्रमणका क्रममा ऋणसम्बन्धी सम्झौता नहुने बताएका छन्।
प्रधानमन्त्री ओली ३९ जना सरकारी प्रतिनिधि र ४८ जना निजी क्षेत्रका प्रतिनिधिहरूको नेतृत्व गर्दै चीन भ्रमणमा जान लागेका हुन्। भ्रमण टोली ठूलो भएको बारेमा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री पाण्डेले प्रधानमन्त्रीको भ्रमणमा प्रोटोकलका हिसाबले आवश्यक संख्यामा मात्र प्रतिनिधिहरू जान लागेको प्रस्ट्याए। भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको तर उनीहरूको भ्रमणको आर्थिक दायित्व सरकारलाई नपर्ने मन्त्री पाण्डेको भनाइ थियो।
“निजी क्षेत्रको ठूलो उपस्थिति छ। त्यो आफ्नै खर्चले जान्छ। सरकारलाई आर्थिक दायित्व पर्दैन। केही सांसद हुनुहुन्छ। मन्त्रीहरूमा परराष्ट्रमन्त्री मात्र हुनुहुन्छ। प्रधानमन्त्री जाने भएपछि प्रोटोकलको हिसाबले पनि जानुपर्ने संख्यामा मान्छेहरू जानु भएको छ। त्यो कम गर्ने ठाउँ देखिएन। प्रोटोकलअनुसार न्यूनतम संख्या नै त्यही हो जस्तो लाग्छ,” उनले भने, “सम्पूर्ण संख्या ८७ जनाको छ।”
प्रधानमन्त्री ओलीको आसन्न भ्रमणको तयारीका लागि अहिले परराष्ट्रमन्त्री आरजु देउवा राणा चीनमा छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
