अस्ट्रेलियाका सांसदले १६ वर्षमुनिका बालबालिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक पारित गरेका छन्।
अस्ट्रेलियाका सांसदले बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक विधेयक पारित गरेका छन्। अस्ट्रेलियाका सांसदले फेसबुक, इन्स्टाग्राम र एक्सजस्ता लोकप्रिय साइटमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गरेका हुन्।
विधेयक पारित भएसँगै अब सामाजिक सञ्जाल कम्पनीले चाँडै किशोरकिशोरीलाई खाता खोल्नबाट रोक्न ‘उचित कदम’ चाल्नुपर्ने छ।
विधेयकमा टिकटिक, फेसबुक, स्न्यापच्याट, रेडिक्स, एक्स, इन्स्टाग्रम जस्ता सामाजिक सञ्जाल प्लेटफर्महरूले नियम पालना नगरे पाँच करोड अस्ट्रेलियन डलरसम्म जरिबाना तिर्नुपर्ने उल्लेख छ।
सामाजिक सञ्जाल कम्पनीहरूले यो ऐनलाई ‘अस्पष्ट’, ‘समस्याग्रस्त’ र ‘हतार’ भनेर वर्णन गरेका छन्।
विधेयक बुधबार संसद्को तल्लो सदनबाट र बिहीबार साँझ सिनेटबाट पारित भएको हो। बिहीबार संसद्को माथिल्लो सदन सिनेटले १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयकलाई ३४ मतले पारित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
