यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो कोशीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।  

काठमाडौँ– देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। कोशी, बागमती र गण्डकीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।  

यसैगरी, राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ। गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाले जनाएको छ।