मलेसियाका धेरै राज्यमा भारी वर्षापछि आएको बाढीबाट चार जनाले ज्यान गुमाएका छन् भने ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
मलेसियाका धेरै राज्यमा भारी वर्षापछि आएको बाढीले कम्तीमा चार जनाले ज्यान गुमाएका छन्। साथै ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्।
राष्ट्रिय विपद् कमान्ड सेन्टरका अनुसार यस हप्ता ८० हजार ५८९ बासिन्दालाई सात वटा राज्यका ४६७ वटा अस्थायी आश्रयमा सारिएको छ। बाढीका कारण उत्तरपूर्वी केलान्टान राज्य र तेरेङ्गानु सबैभन्दा बढी प्रभावित भएका छन्।
प्रभावित राज्यमा केलान्टानमा उद्धार कार्यमा सहयोग गर्न खोजी र उद्धार टोली परिचालन गरिएको विपद् केन्द्रले विज्ञप्तिमार्फत जनाएको छ।
लामो समयसम्म परेको भारी वर्षा शनिबारसम्म देशव्यापी हुने पूर्वानुमान गरिएको मौसम विभागका प्रवक्ताले बताए।
नोभेम्बरदेखि मार्चसम्म भारी वर्षा ल्याउने उत्तरपूर्वी मनसुनका कारण दक्षिणपूर्वी एशियाली राष्ट्रमा बाढी नियमित वार्षिक दुर्घटनाजस्तै बनेको छ।
बर्नामा समाचार एजेन्सीका अनुसार उपप्रधानमन्त्री अहमद जहिद हामिदीले बिहीबार बाढी ‘सन् २०१४ को भन्दा पनि गम्भीर हुने आकलन गरेको’ बताए।
बाढी प्रभावित राज्यमा उद्धारका लागि डुंगा, चारपांगे सवारीसाधन, हेलिकप्टरसहित हजारौँ आपत्कालीन सेवाका कर्मचारी तैनाथ गरिएको जनाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
