मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा सरकारले प्रक्रिया नअपनाइएको संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।
महोत्तरी– सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि उखुको मूल्य निर्धारण गरेको छ। सरकारले बिहीबार निर्णय गर्दै गत वर्षको उखुमा प्रतिक्विन्टल २० थपेर नयाँ मूल्य निर्धारण गरेको हो। यसअनुसार गत वर्ष कायम मूल्य ५६५ रहेकामा नयाँ मूल्य प्रतिक्विन्टल ५८५ पुगेको छ।
यसैबीच, आम रूपमा वस्तुमा बढेको मूल्यवृद्धिको अनुपातसम्म नमिलाएर अहिले उखुको मूल्यमा गरिएको मूल्य वृद्धिले किसानमा निराशा बढाएको उखु उत्पादक किसान संघ महोत्तरीले जनाएको छ।
मूल्य निर्धारण गरिँदा सरकार, चिनी उत्पादक र उखु किसानका प्रतिनिधिबीच छलफल र सहमति गरिनुपर्नेमा सरकारले प्रक्रिया नअपनाइएको संघका जिल्ला अध्यक्ष नरेशसिंह कुशवाहाले बताए।
“पहिलेदेखि उखुको मूल्य निर्धारण गर्दा तीनै पक्ष (सरकार, चिनी उत्पादक र किसानका प्रतिनिधि) हुनुपर्ने सैद्धान्तिक सहमति भए पनि यस पटक उखु उत्पादक किसान महासंघ र उखु उत्पादक किसान संघका प्रतिनिधिलाई सहभागी गराइएको छैन”, कुशवाहाले भने, “किसानसँग छलफल नगरी गरिएको मूल्य निर्धारण न्यायोचित हुन सकेन।” आम वस्तुमा भएको मूल्यवृद्धि अनुसार उखु किसानले पनि पाउनुपर्नेमा उनले जोड दिए।
“नेपाल राष्ट्र बैंकले आम रूपमा १५ प्रतिशत मूल्यवृद्धिको तथ्यांक देखाएको छ, उखुमा पनि सोहीअनुसार बढाउनु पर्छ,” कुशवाहाले भने। चार दिनपहिले मात्र उखु उत्पादक किसानको छाता संगठन उखु उत्पादक महासंघले आयोजना गरेको छलफलमा सरकारलाई यस वर्ष गत वर्षको तुलनामा १५ प्रतिशत मूल्य वृद्धि गरी दिन अनुरोध गरिएको तर आफूहरूको माग सुनुवाइ नभएको उनको भनाइ छ।
यसअघि गत वर्ष सरकारले उखुमा ७० रुपैयाँ प्रतिक्विन्टल अनुदान दिएको थियो। यस वर्षको अनुदानबारे अझै निर्णय नभएको महासंघका अध्यक्ष कुशवाहाले बताए। उनका अनुसार १५ प्रतिशत मूल्य वृद्धि भएमा उखुको मूल्य ६६९ रुपैयाँ प्रतिक्विन्टल पर्दछ।
जिल्लाको गौशाला–१ रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा कहिले उखु क्रसिङ थालिने यकिन नहुँदा खुट्टीउखु (दोस्रो वर्षको उखुबाली) काटेर हिउँदेबाली लगाउन नपाइने चिन्तामा किसान छन्।
“चिनी मिल कहिले सञ्चालन हुने थाहा छैन। खुट्टीउखु काटेर हिउँदे बाली लगाउन नपाउने चिन्ता लाग्न थालेको छ,” भङ्गाहा–४ का किसान अरुण गिरीले भने। क्रसिङ ढिलो हुँदा खुट्टीउखु काटेर अर्को बाली लगाउने समयसीमा नाघेको उनको भनाइ छ।
यस वर्ष जिल्लामा कुल नौ हजार बिघामा उखुखेती गरिएकोध्ये करिब चार हजार बिघामा खुट्टी रहेको संघका अध्यक्ष कुशवाहाले बताए। सरकारले मूल्यबारे पुनर्विचार गरी दिनुपर्ने र उद्योगले चाँडै क्रसिङ थाल्नुपर्ने किसान बताउँछन्।
यसैबीच एभरेस्ट चिनी उद्योगले यस वर्षको उखुको क्रसिङ मंसिर अन्तिम सातादेखि शुरू गर्ने तयारी गरेको छ। उद्योगमा यही मंसिर २० गते डोङा पूजापछि उद्योग सञ्चालन गर्ने जनाउँदै पूजाको तयारी भइरहेको उद्योगका प्रशासकीय प्रबन्धक सुरेन्द्र शुक्लाले बताए। “डोङा पूजा क्रसिङ खोल्न प्रत्येक साल गरिने अनुष्ठान हो। यो पूजा सकेपछि क्रसिङ थालिने छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
