रामेछापमा जिप दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
रामेछाप– गोकुलगंगा गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालक रहेका छन्।
काठमाडौँबाट बेतालीतर्फ जाँदै गरेको ना१ज ७१२३ नम्बरको जिप शुक्रबार दिउँसो गोकुलगंगा गाउँपालिका–६ फर्पुमा दुर्घटनामा परेको हो।
जिप दुर्घटनामा परी गोकुलगंगा–४ का वडा अध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा जिपचालक सिन्धुलीका ३० वर्षीय हिराबहादुर कार्कीको पनि मृत्यु भएको छ। मृतकमध्ये अन्य तीनको सनाखत हुन बाँकी छ।
दुर्घटनामा तीन जना घाइते भएका छन्। तीनै जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
